इन्द्रेणी संवाददाता
तुलसीपुर, २ साउन
दाङको पश्चिम क्षेत्रमा बर्षेनी विभिन्न अपराधिक घटनामा बृद्धी हुदै गएको प्रहरीको तथ्यांकले देखाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आर्थीक बर्ष २०६९÷७० देखी आर्थीक बर्ष २०७२÷७३ मा प्रहरीमा आएको उजुरीका घटनामा क्रमश बृद्धी भएको छ । विभिन्न ३२ शिर्षकका मुद्धाहरुमा बर्षेनी उजुरी बढेको छ ।
इलाका प्रहरी कार्याएलय तुलसीपुरले आज पत्रकार सम्मेलनको आयोजना गरि एक बर्षमा भए गरेका कामहरुका बारेमा जानकारी दिएको हो । सो क्रममा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी कृष्ण प्रसाँईले चार बर्षमा भएका अपराधिक घटनाको अभिलेख र न्याय सम्पादनमा बिषयमा जानकारी दिनुभयो ।
बितेको आर्थीक बर्ष २०७२÷७३ मा कार्यालयमा २ सय १३ वटा मुद्धा दर्ता भएको र १ सय ५ वटा फच्र्यौट भएको छ भने १ सय ८ वटा मुद्धा फच्र्यौटको चरण मै रहेको डिएसपी प्रसाँईले बताउनुभयो । त्यस्तै आर्थीक बर्ष २०६९÷७० मा १ सय ७८ वटा मुद्धा दर्ता भएकोमा १ सय ७७ फच्र्यौट र एउटा फच्र्यौट हुन सकेको थिएन ।
त्यसैगरी आर्थीक बर्ष २०७०÷७१ मा १ सय ९४ वटा मुद्धा दर्ता भएकोमा सबै फच्र्यौट भएको कार्यालयले जनाएको छ । भने आर्थीक बर्ष २०७१÷७२ मा १ सय ९८ वटा मुद्धा दर्ता भएकोमा १ सय ३ को फच्र्यौट र ९५ वटा बाँकी रहेका थिए । वितेको एक बर्षमा तुलसीपुर क्षेत्रमा सार्वजनिक अपराध अन्तरगतका ३८ वटा मुद्धा दर्ता भएको छ ।
दोस्रोमा ३२ वटा झुण्डिएर मरेको मुद्धा, २४ वटा भबितव्य र १९ वटा मुद्धा सवारी चालकको रहेको पत्रकार सम्मेलनमा डिएसपी प्रसाँईले जानकारी दिनुभयो । यस्तै एक बर्षको बिचमा अपराधमा संलग्न भई फरार रहेका ९ जना अभियुक्त र ४ जना दोषी ठहर भएकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै विभिन्न समयमा चोरी भएका ३६ थान मोबाईल र विभिन्न प्रकारका गहना पनि बरामद गर्न सफल भएको प्रसाँइको भनाइ छ ।
त्यस्तै ९८ जना चालकलाई कार्वाही, ५१ वटा अबैध ढुंगाजन्य बस्तु निकासी गर्ने गाडिहरु पक्राउ, लागुऔषध सहित व्यक्ति पक्राउ, पेस्तोल बरामद जस्ता कार्य भएको प्रहरीको भनाइ छ । कार्यालयमा घरेलु हिंसाबाट पिडित महिलाहरुको संख्या बढी रहेको र पुरुष तर्फ भने बैदेशिक रोजगारीबाट आउदा परिवारबाट सम्पत्ती हिनामिना गरेको मुद्धाहरु आउने गरेको प्रसाँईले बताउनुभयो ।
सरदर दैनिक १५ देखी २० वटा मुद्धाहरु प्रहरीमा आउने गरेको छ । इलाका प्रहरी कार्यालयले तुलसीपुर नगरपालिका सहित एक दर्जन बढी गाविसमा शान्ति सुरक्षा सँगै न्याय दिने जिम्मेवारी रहेको छ ।।