दाङ, २ साउन
आर्थिक अभाबका कारण तुलसिपुरमा निमार्ण गर्ने भनिएको अपाङगमैत्री भबन कार्यत्र अलपत्र परेको छ । अपाङग समाज सुधार केन्द तुलसीपुरले तुलसीपुर ६ बरुवागाउमा जग्गा किनेर ४ कोठे भबन निमार्णकालागि शिल्यान्यास पनि गरेको थियो ।apang

शिल्यान गरिएको करिब १ बर्ष बित्न लागेपनि भबन निमार्णको कार्य अघि बढ्न सकेको छैन ।केन्द्रले भबन निमार्ण गर्ने उद्देश्यले २०७२ बैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरेको ज्ञानमहायज्ञबाट बचत भएको ३ लाख ६७ हजार र सस्थाको आन्तरीक रकम ५ लाख ८५ हजारको सहयोगमा बरुवागाउमा जग्गा किने पनि भबन निमार्णको काम अघि बढ्न सकेको छैन ।

जग्गा किनेर गत असोज महिनामा ४ कोठे अपाङगमैत्री भबन निमार्ण गर्ने भनेर शिलान्यास गरिएको थियो । तर बजेट अभाब अभाबका कारण काम शुरु हुन नसकेको भबन निमार्ण समितिका संयोजक खुमानन्द अधिकारीले जानकारी दिनुभएको छ ।।