इन्द्रेणी संवाददाता
दाङ, २ साउन ।
कमैया मुक्ति दिवस आज मनाईंदैछ । सरकारले कमैया मुक्ति घोषणा गरेको आज १७ वर्ष पूरा भएपनि अझैसम्म पनि उनीहरुको उचित पुनस्र्थापन हुन सकेको छैन ।kamaiya

लामो समयदेखि अर्काको घरमा काम गरेर बस्न बाध्य कमैयालाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका कमैयालाई मुक्त भएको घोषणा गरी कमैयाले लिएको ऋण मिनाहा गर्दै कुनै व्यक्तिलाई कमैया श्रमिकको रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काममा लगाउन प्रतिबन्ध लगाएको हो ।

सरकारले मुक्त कमैयाको बसोबासको व्यवस्था मिलाउनुका साथै घर निर्माण खर्च, काठ तथा विभिन्न सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ । कैलाली र बर्दियामा पुनस्र्थापनाको काम बाँकी रहेको मुक्त कमैयाहरुले बताएका छन् ।।