भरत के.सी
साउन २ होलेरी रोल्पा
एस.एल.सीको नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरु आफूले प्राप्त गरेको जिपिए अनुसार उच्च शिक्षाको लागी विभिन्न कलेज छान्दै छन् । तर रोल्पाको एक सामुदायिक विद्यालयको ईतिहासमै उत्कृष्ट नतिजा ल्याएकी द्घन्दपिडित विद्यार्थी भने गरिबीले उच्च शिक्षा अध्ययनको चिन्ताले पिरोलेको छ ।
होलेरीको महेन्द्र उच्च माध्यमिक विद्यालयबाट एस.एल.सी दिएर ३.२५ जिपिए अर्थात “ए” ग्रेडमा उत्तिर्ण भएकी रेखा बोहरालाई घरको आर्थिक अवस्थाले पढाई खर्च पु¥याउन नसकिन चिन्ता छ । जेनतेन आमाले दुःख गरेर एस.एल.सी सम्म पढाएको बताउदै रेखाले आफ्नो नतिजाले खुसीसंगै समस्या बनाएको बताईन् । घोराहीको पद्धमोदय पब्लिक उच्च माविमा भर्ना भएकी रेखालाई समयमै भर्ना नभए पढाई छुट्ने सल्लाह पाएपछि पद्धमोदय पुगेको तर पैसा नपुगेर गाउँमा फर्केर ऋिण कारेर पुनः नाम लेखाउन पुगेको बताईन् ।
उनले भनिन्“ विज्ञान विषय पढ्ने रुचि छ तर घरको अवस्था हेर्छु अनि मार्कसिट ।” उनले थपिन्“ घरमा कमाउने वुवा भएको भए ऋिण कारेरै बुवाले आँट दिएरै पढाउनुहुन्थ्यो होला ।”झेनाम ४ सतिम घर भएकी रेखाको बुवा खडग बहादुर बोहोरालाई २०५९साल पौष ७ गते तत्कालिन राज्य पक्षले अपहरण गरि वेपत्ता बनाएको थियो ।
“बुबालाई अपहरण गर्दा म तिन वर्षको थिएँ ।”उनले थपिन्“ आमाले यति सम्म त पढाउनुभयो अब समस्यामा हुनुहुन्छ ।”द्घन्दपिडित वालवालिकाहरुका लागी उच्च शिक्षाको अध्ययनमा सहुलियतका बारेमा आफूहरुलाई कुनै थाहा नभएको घरपरिवारको भनाई छ । रेखाको आमा हरिकृष्णाले छोरीले पढेर परिवारको हेरफेरसंगै समाजको सेवा गर्ने ईच्छा भएकोले जसरी भएपनि पढाउन अनुरोध गर्ने गरेको बताईन् ।
तिनजना छोराछोरी मध्ये कान्छी छोरी रेखा हुन् । जेठी छोरी आठमा पढ्दापढ्दै विवाह भएको र छोराले सातसम्म मात्रै पढेर छोडेको बताउदै हरिकृष्णाले रेखाले राम्रो प्रगती गर्ने देखीए पछि जसोतसो पढाएको तर विद्यासंगै धनपनि ठुलो रहेछ भन्ने लागेको बताईन् ।
यता विद्यालयका प्रधानाध्यापक रुद्र कुमार सुवेदीले रेखाले हाल सम्मकै राम्रो नतिजा ल्याएर विद्यालयको गौरव बढाएको बताउदै द्घन्दपिडित समेत रहेकी रेखाको आर्थिक अवस्था कमजोरले पढाईमा बाधा पु¥याउने हो कि भन्ने चिन्ता रहेको बताए ।।