दाङ, २ साउन । बिप्लव नेतृत्वको नेकपा माओवादीले सर्लाहीको सुकुम्बासी बस्तीमा सरकारले दमन गरिरहेको भन्दै त्यसको विरोध गरेको छ । सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमा सरकारले गत असार २१ गतेदेखि सुरक्षा फौज परिचालन गरेर सुकुम्वासीहरुलाई यातना दिने, वासस्थानमा आगो लगाउने, डोजर लगाएर घर भत्काउने जस्ता कार्य गरेको भन्द त्यसको विरोधमा आज दाङसहित देशैभर २ घण्टे चक्काजाम आयोजना गरेको हो ।

maobadi

यसैविच, प्रहरीले केन्द्रिय कार्यक्रम अन्तर्गत चक्काजाममा सामेल रहेका आफ्ना ८ जना विप्लव नेता कार्यकतालाइ प्रहरीले प्रक्राउ गरेको माओवादी दाङका सेक्रेटरी शितलले वताउनुभएको छ । प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश शाही, दाङ जिल्ला अध्यक्ष हेमन्त जीसी, सचिव मदन केसी, युवा जनस्वयम सेवकका पाटन जंगली, विक्रम खतिवडा, विहानी, पृथ्वी र आर के पाण्डेलाइ पक्राउ गरेको उहाँले वताउनुभयो ।

उनीहरुलाइ घोराहीको तुलसीपुर चोकवाट प्रहरीले नियन्त्रणमा लिएको हो । यसैविच, माओवादीले सुकम्वासीमा वस्तीमा सरकारले गरिहेको अन्यायविरुद्ध यहि साउन १० गतेसम्म विरोधका कार्यक्रम राखिएको जनाएको छ । कार्यक्रमअनुसार आज बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम, ३ गते देशव्यापी अन्तरक्रिया, ५ गते देशभर जनप्रदर्शन र १० गते नेपाल बन्द तथा बन्दमा मानवअधिकारवादी परिचालन गर्ने सो पार्टीले वताएको छ ।।