२ साउन, मुगु  
भीषण वर्षसँगै आएको बाढी र लेदोका कारण गमगढी साना जलविद्युत आयोजनामा विद्युत उत्पादन बन्द भएको छ । असार ३० र ३१ गते परेको भीषण वर्षाका कारण  विद्युत गृहम बन्दहुादा मुगु जिल्लाको सदरमुका गमगढी बजार र आसपासका वस्तिहरु तीन दिनदेखि अन्धकार भएका छन् ।andhakar

बर्षापछि बढेका खोलानाला हरुले मानिसहरुलाई ओहोर दोहोर गर्न बाधा पुर्याउनका साथै कतिपय ठाँउमा लगाएको बर्षे वालीलाई समेत खोलाले कटान गरेर नोक्सान समेत पुर्याएको छ ।  लामो र भीषण बर्षाले मुगु जिल्लाका कतिपय वस्तिहरुमा घरहरु समेत जोखिमा परेका छन् ।

विद्युत आपुर्ति नहुदा सदरमुकामका कतिपय कार्यालयहरुमा कम्प्युटर संचालन नहुदा गत आर्थिक बर्षको हिसाव किताव र खाता बन्द गर्न समेत कठिन भएको छ । विद्युत नहुँदा गाऊँ बाट नागरिकता लगाएतका विभिन्न कामले आएका सेवाग्राहि समेतको काम नबन्दा लामो समय गमगढी बस्न पर्ने बाध्यता भएको छ ।

बर्षा रोकिएर पानी संङ्लो नभए सम्म नियमित विधुत आपुर्ति गर्न नसकिने कुरा गमगाढ जल विधुत आयोजनाका लाइन म्यान काली बहादुर महतले बताए ।।