काठमाडौं, २९ साउन । सर्वोच्च अदालतले मोहम्मद अफ्ताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ ।

alamन्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा शुक्रबार आलमको सुनुवाई तोकिएको थियो । पेसी सूचीको पहिलो नम्बरमा रहेको उक्त मुद्दा हेर्न नमिल्नेमा राखिएको हो ।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम विस्फोट हुँदा घाइतेलाई इँट्टाभट्टामा जलाएर मारेको आरोप आलमा लागेको छ । आलमलाई विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ ।