तिर्थराज ज्ञवाली
देउखुरी, २९ साउन । राप्ती गाउँपालिका वडा नं १ को कार्यालमा हरेक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सुरु भएको छ ।

photo file
लमही स्थीत नेपाल नेत्रजोती संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार विशिषज्ञ सहितको आँखा उपचार गरिने ब्यवस्था मिलाईएको वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिए ।
हरेक महिना को अन्तिम शनिबार निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुन गइरहेको लेबेलैमा आँखा का बिरामीहरुले सम्पर्क गरी उपचार गराउन वडा अध्यक्ष तारा बहादुर डिसीले सबैमा अनुरोध गरे ।
महिनाको अन्तिम शनिवार उपलध हुने सेवाहरुमा आँखा जाँच, चस्मा जाँच, चस्मा तथा औषधि, माइनर अप्रेसन तथा अन्य सेवाहरुरहेको बताइएको छ ।











