विभिन्न चार बुँदे माग राखि अनशनमा बसेका डा. गोविन्द केसीका मागवारे बरिष्ठ चिकित्सकहरुको मत बाझिएको छ ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै बरिष्ठ चिकित्सक डा. भोला रिजालले स्वास्थ्यकर्मीहरु यतिवेला कसै न कसैको ईशारा र कुचक्रमा फसेर विभाजित भएको आरोप लगाउनु भएको छ ।
health-news-e1468667376175
केसीले अख्तियारको मुद्दा उठाउनै नपर्ने मुद्दा हो, रिजालले बताउनु भयो । नेपालमा मेडिकल कलेज बन्द हुँदा मुलुकमा अर्वौको क्षति हुने उहाँले बताउनु भयो । नेपाल मेडिकल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनी कुमार झाले डा. गोविन्द केसीले आफ्नो जीवनलाई नै दाउमा राखेर नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसँगतीलाई हटाउने काममा ८ औं पटकसम्म अनशन बसेर अडान देखाएको भन्दै त्यसको स्वागत गर्नुभयो ।

त्यस्तै नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले अनशनरत डा. केसीका मागहरु जायज भएको स्पष्ट पार्नुभयो । प्रस्तावित मनमोहन मेडिकल कलेजका सचिव एवम् बरिष्ठ चिकित्सक डा. रामनाथ अधिकारीले डा. गोविन्द केसीको आमरण अनशन नै अवैध भएको आरोप लगाउनु भयो । आफूहरु ठूलो अन्यायमा परेको भन्दै आगामी साउन ७ गतेबाट आमरण अनशनमा बस्ने समेत उहाँले जानकारी दिनुभयो ।।