काठमाडौं – लोकसेवा आयोगले आगामी बर्षको पदपुर्तिका लागी नयाँ वाषिर्क कार्यतालिका सार्वजनिक गरेको छ । सरकारी सेवाका पदहरुमा पदपूर्तिका लागि परीक्षा संचालन गरी उम्मेदवार सिफारिस गर्ने जिम्मा पाएको संवैधानिक निकाय लोकसेवा आयोगले कार्यतालिका अनुसार परीक्षा संचालन गरेपनि नतिजा प्रकाशनमा भने सधै ढिलाई गर्ने भनी आलोचित हुँदैै आएको, बेवास्ता गर्ने गरेको, निकै ढिलाई गर्ने गरेको भन्ने गुनासो आएकोबेला साविक बमोजिम नै आर्थिक वर्ष २०७३।७४ को वाषिर्क कार्यतालिका सार्वजनिक गरेको छ ।

timthumbलोकसेवा आयोगको कार्यतालिका अनुसार निजामती सेवाको सहसचिवको लागि असोज महिनाको अन्तिम बुधबार विज्ञापन प्रकाशित गरी मंसिर महिनामा परीक्षा संचालन गर्ने र पुष र माघ महिनमा लिखित परीक्षाको नतिजा प्रकाशन गरी माघ र फागुन महिनामा अन्तरवार्ता लिई सिफारिस गरिनेछ ।

त्यस्तै शाखा अधिकृतमा खुल्ला प्राविधिक तर्फ कार्तिक महिनाको अन्तिम बुधबार विज्ञापन प्रकाशन, माघ।फागुन महिनामा लिखित परीक्षा संचालन, चैत्र वैशाख महिनामा लिखित परीक्षाको नतिजा प्रकाशन तथा वैशाख।जेठ महिनामा अन्तरवार्ता तथा सिफारिसको काम हुनेछ । शाखा अधिकृत खुल्ला प्रतियोगिताको अप्राविधिक तर्फ मंसिरको अन्तिम बुधबार विज्ञापन प्रकाशन हुनेछ ।

पहिलो चरणको लिखित परीक्षा माघमा हुनेछ भने फागुन महिनामा पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन हुनेछ । त्यस्तै चैत्र महिनामा दोश्रो चरणको लिखित परीक्षा हुनेछ । दोश्रो चरणको परीक्षाका नतिजा जेठमा प्रकाशित गरिनेछ । असार महिना अन्तरवार्ता सम्पन्न गरी शाखा अधिकृत उम्मेदवारको सिफारिस गरिसक्ने लोकसेवाको कार्यतालिकामा उल्लेख छ ।।