prachand-1oमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली संवैधानिक व्यवस्थाविरुद्ध गएको बताउनुभएको छ । आज सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा दुई दलले कानुनविद्हरुसँगको छलफलमा प्रचण्डले संविधान र नियमावलीमा सरकार गठन र विघटनबारे प्रष्ट व्यवस्था हुँदाहुदै राष्ट्रवादको आवरणमा पूर्वराजावादीहरुसग मिलेर ओलीले चलखेल गरेको आरोप लगाउनुभयो ।

दाहालले ठूलो बलिदानी र संघर्षबाट संविधानसभामार्फत् परिवर्तनका उपलब्धि संस्थागत गरेको भन्दै त्यसलाई जोगाउन लागिपर्ने धारणा राख्नुभयो । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा विधिको शासन मान्नु सबैको दायित्व हुने भन्दै प्रधानमन्त्रीले संवैधानिक प्रावधान बिर्सेर टिप्पणी गरेको आलोचना गर्नुभयो ।