इन्द्रेणी संवाददाता
दाङ, ११ साउन । दाङमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर १२ का २७ वर्षिय राजकुमार वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वलीलाई आइतवार साँझ नेपालगञ्जबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ख १७१८ नम्बरको गाडीमा चेकजाँच गर्दा पक्राउ गरिएको हो ।
उनको साथबाट ७ ग्राम ६६ मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी मुकुन्द प्रसाद रिजालले बताएका छन् ।











