इन्द्रेणी संवाददाता
काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकतामा अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरबीच विवाद कायमै छ ।
यसको विषयलाई लिएर आज निर्वाचन आयोगले आधिकारिकताको छिनोफानो गर्ने तयारी गरेको छ । पार्टीको आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ ।
महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ ।
दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो । आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ ।











