रोल्पा, ८ साउन । रोल्पामा बाल विवाह न्यूनीकरण गर्न किशोरीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको छ ।

Bal-bihaआर्थिक अभावका कारण बीचैमा पढाई छोडेर विवाह गर्ने समस्यालाई हटाउन जिल्लाका अति विपन्न ३४ जना किशोरीहरुलाई ११ हजारका दरले छात्रवृत्ति रकम वितरण गरिएको हो । संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपीए) को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी रोल्पाले उक्त छात्रवृत्ति वितरण गरेको हो ।

जिल्लाको ४ ओटा स्थानीयतह रुन्टिगढी, सुनिलस्मृति, परिवर्तन गाउँपालिका र रोल्पा नगरपालिकाका किशोरीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । बाल विवाह न्यूनीकरणका लागि किशोरीहरुलाई छात्रवृृत्ति रकम वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डी.बी. घर्तीले जानकारी दिए ।