तिर्थराज ज्ञवाली
देउखुरी, ७ साउन । नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्लाको राप्ती गाउँपालिकामा चुनावी चहलपहल सुरु भएको छ ।

kagresकांग्रेसले केन्द्रीय महाधिवेशन गर्नुभन्दा पहिले गाउँ, क्षेत्र हुँदै जिल्ला र प्रदेशको अधिवेशन सक्नुपर्ने अवस्थामा स्थानीय स्तरमा सभापतिको हुने भन्ने चासो बढ्दै गएको पाइएको हो ।

यसैक्रममा राप्ती गाउँपालिका क्षेत्रमा ९ वटा वडासहित पालिका स्तरको जिम्मेवारीमा आउन स्थानीय नेता कार्यकर्ताहरुले चहल पहल सुरु गरेको पाइएको छ । क्षेत्र जिल्ला, प्रदेश हुदै महाधिवेशनमा सहभागी हुनका लागि नेता कार्यकर्ताले भेटघाट तथा समन्वय जारी राखेका छन् ।
आगामी भदौ महिना भित्र नेपाली कांग्रेसको महाधिवेशन गरिसक्नुपर्ने छ । तर पछिल्लो समय सरकारमा नेपाली कांग्रेस गएपछि केहि समय पछि अधिबेशन जान सक्ने समेत तर्क चलिरहेको छ ।

यसैविच वडा तथा पालिकाको निर्वाचन केहि समय सर्न सक्ने आकलन गरिएको देखीन्छ । तर आधिकारीक रुपमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले महाधिवेशन बारे अझै केही नयाँ सूचना निकालेको छैन ।

राप्ती गाउँपालिकामा नेपाली कांग्रेसको आगामी अधिबेशनमा सभापतिको रुपमा विद्याशरण चौधरीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै नेपाली काग्रेस राप्तीका सचिव हस्त बहादुर गुरुङ, र १३ औ महाधिबेशन प्रतिनिधि टंक नाथ चौधरीको समेत सभापतिको उम्मेद्धारको रुपमा चर्चा चलेको छ ।