दाङ, १ साउन । जीवन प्रेमीका एजुकेयर एकाडेमीका संस्थापक डा. बिरेन्द्र कुमार पुनको शनिबार मृत्यू भएको छ । उनको हृदयघातका कारण नेपालगंज नर्सिङ् होममा शनिबार दिउसो मृत्यू भएको हो । घोराहीमा उपचार पछि थप उपचारका लागि नेपालगंज नर्सिङ् होममा लगिएको अबस्थामा उनको मृत्यू भएको हो । उनी तुलसीपुर ९ बेलुवामा संचालनमा आएको जीवन प्रेमी एजुकेयर एकाडेमी संगै जीवन प्रेमी मेडीकल पनि सञ्चालन गर्दै आएका थिए ।
