काठमाडौँ ,१ साउन ।लामो समय देखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध अनशन बसेका डा गोविन्द केसीको समर्थनमा आज प्रदर्शन गरिएको छ । डा केसीले राखेको मागहरु जायज भएकाले सरकारले यथासक्य पुरा गर्न माग गर्दै डाक्टर केसीको समर्थन गर्दै बृहत प्रदर्शन गरिएकोछ ।

drkc-samarthakसमर्थकहरु माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पैदलयात्रा गर्दै डाक्टर केसीको समर्थन गरेका थिए । प्रदर्शनमा ‘माथेमा प्रतिवेदन पूर्णरुपमा कायम गर, स्वास्थ्यमा गुणस्तर कायम गर, माफियाको मिसन सिटामोलमा कमिसन, डा केसीको अनशन मेडिकल माफियालाई टेन्सन, जनता लुट्न पाइदैन मेडिकल माफिया चाहिँदैन लगायतका नारा लगाइएको थिए ।