ओमप्रकाश गुप्ता
सिसहनियाँ १ साउन ।
विहानी रेडियो स्रोता समुह लठ्ठहवाले शनिवार गाउँ सरसफाई गरेको छ ।साझेदारी विकास परियोजना अन्र्तगत युएसएआईडीको आर्थिक सहयोगमा इक्वल एक्सीस नेपाल द्धारा गठित स्रोता क्लवले मासिक कार्यक्रम अन्र्तगत गाउँ सरसफाई गरेको हो ।
सिसहनियाँ गाविसलाई पुर्ण सरसफाई युक्त गाविस बनाउने कार्यक्रम अन्र्तगत स्रोता क्लवले आफ्नो गाउँबाट अभियानको सुरुवात गरेको हो ।
समुहकी अध्यक्ष रविता चौधरीको नेतृत्वमा आमा समुह, कोपिला बाल क्लव र स्थानीय गाउँलेहरुको सहकार्यमा गल्लीमा रहेका फोहर हटाउने, खाल्डा खुल्डी पुर्ने, नाला खन्ने काम गर्नुका साथै बाटो मिचेर ढुङगा, बालुवा, गिट्टी राखेका घर परिवारलाई एक हप्ता भित्र ढुङगा, बालुवा, गिट्टी हटाउन अनुरोध समेत गरेको छ ।
समुहकी अध्यक्ष रविता चौधरीको अध्यक्षता एवम् गाउँ अगुवा नारायणप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नो घरबाट सरसफाईको अभियान थालनी गर्न सके गाविसलाई नै पुर्ण सरसफाई युक्त गाविस बनाउन सक्ने बताएका थिए ।।
