इन्द्रेणी संवाददाता
तुलसीपुर, १ साउन
तुलसीपुर उद्योग वाणिज्य सघंले आगामी माघ १३ गते देखि २३ गते सम्म मध्यपश्चिमाञ्चल क्षेत्रिय व्यापारिक महोत्सवको आयोजना गर्ने भएको छ । वाणिज्य सघंको आज बसेको नियमित बैठकले यस क्षेत्रको कृषि , व्यापार, पर्यटन र उद्योगको प्रर्वद्धन र विकासका लागि महोत्सव संचालन गर्ने निर्णय गरेको हो ।tt

सघंका अध्यक्ष विमल रिजालको अध्यक्षतामा बसेको वैठकमा बोल्दै अध्यक्ष रिजालले बाणिज्य संघले शुरु गरेको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानलाई प्रभावकारि रुपमा अगाडि बढाउनका लागी सवैको सहयोगको अपेक्षा गर्नू भयो ।

साथै रिजालले आर्थिक वर्ष ०७२–०७३ मा बाणिज्य संघले उल्लेख्य काम गरेको भन्दै सहयोग पु¥याउने सवै प्रति धन्यबाद समेत ब्यक्त गर्नू भयो । साथै रिजालले आगमि दिनमा समेत सवैको सहयोग र समर्थन लिएर अगाडि वढने र त्यसका लागी सवै पदाधिकारि एव सदस्यहरुको समेत सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

वैठकमा गत वर्ष संघले गरेको सामाजिक कामहरुको समिक्षा समेत गरिएको थियो ।।