सल्यान, १ साउन
सल्यानमा यो वर्ष ६७ करोडभन्दा बढिको कृषि जन्य वस्तुको निकासी भएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस चालुआर्थिक वर्षमा ६७ करोड, १७ लाख, ७१ हजार बराबरको कृषिजन्य बस्तुको निकासी भएको हो ।timur

कपुरकोट कृषि हाटबजार लगायत विभिन्न ८ हाटबजारबाट १७ करोड ७२ लाख, २६ हजार बराबरको तरकारी, २७ करोड, ११ लाख, २५ हजार बराबरको सुन्तला, १० करोड ४३ लाख २० हजार बराबरको अदुवा निकासी भएको वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुईटेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार २२ लाख बराबरको विभिन्न जातको मकै, १ करोड १४ लाख बराबरको भटमास, ९ करोड ४५ लाख बराबरको टिमुर, र ४३ लाख बराबरको विभिन्न जातका विउ निकासी भएको छ ।।