तुल्सीराम वली
विजौरी १ साउन
वन्यजन्तुको निगरानीका लागी विजौरी ९ स्यालापानीमा रहेको गिद्ध सुरक्षित वनमा स्वोचालित क्यामरा ट्राप जडान गरीएको छ । गिद्ध सुरक्षित वनमा कुन कुन प्रजातीका वन्यजन्तुहरु पाईन्छन र तिनको अवस्था कस्तो छ भनि पत्ता लगाउनको लागी रुफड नामक संस्थाको सहयोगमा ग्रिनयुथ नेपालले स्वोचालित क्यामरा ट्राप जडान गरेको हो ।
विजौरीको स्यालापानीमा लोपोन्मुख डङ्गर गिद्ध, सुन गिद्ध देखीने भएकाले तिनको संख्या पत्ता लगाउनुका साथै अन्य थप केही संकटापन्न अवस्थामा रहेका पन्क्षि र वन्यजन्तु हुन सक्ने भन्दै त्यसको खोजीका लागी क्यामरा ट्राप जडान गरीएको ग्रिन युथ नेपालका अध्ययन अनुसान्धान संयोजक चिरन्जिवी खनालले जानकारी दिनु भएको छ ।
यसले उक्त स्थानमा कुन कुन प्रजातीका वन्यजन्तु पाईन्छन भनि पत्ता लगाउन सहयोग गर्नेछ भने गंभिर संकटमा रहेको वनयजन्तु रहेको पत्ता लागेमा संरक्षणका लागी काम थाल्न पनि सहयोग गर्ने संरक्षण कर्मीहरुले वताएका छन । स्वोचालित क्यामरा ट्राप देउखुरी क्षेत्रमा २५ वटा जडान गरीएको छ भने विजौरीको स्यालापानीमा १ वटा जडान गरीएको छ ।
क्यामरा ट्राप विजौरीमा केही थप्ने र रामपुरको चरीङ्गे तालमा जडान गरीने खनालले जानकारी दिनु भएको छ ।क्यामरा ट्राप देउखुरी क्षेत्रको जंगलमा जडान गरीए संगै पहिलोपल्ट रटेल नामको जनावर फेला परेको छ भने अन्य थुप्रै प्रजातीका वन्यजन्तिुहरुको फोटो क्यामराले कैद गरेको खनालले जानकारी दिनु भएको छ ।।
