सल्यान, १ साउन
तपाई शनिबार श्रीनगर बजारमा सामान खरिदका लागि जानुभयो भने अव त्यो दिन तपाईको काम हुने छैन । शुक्रबार श्रीनगर बजार व्यवस्थापन समितिको अगुवाइमा बसेको आम भेलाले सोमबार बन्द हुदै आएको बजारलाई अवदेखि शनिबार बन्द गरिनेगरी निर्णय गरेको छ ।
श्रावण १ देखि लागुहुनेगरी सल्यानको प्रमुख व्यापारिक स्थान श्रीनगर बजार अवदेखि शनिवार बन्द गरिने भएको हो । विगतमा श्रीनगर बजारमा बैंक तथा वित्तिय संघ संस्था नभएको र सरकारी तथा गैरसरकारी कार्यालयको कामका लागि खलंगा जाने भएकाले व्यवसायीहरुले सोमबार बन्द गरेका थिए ।
अहिले श्रीनगर बजारमा नै बैंक तथा कार्यालयहरु भएकाले सरकारी विदा अनुसार नै बन्द गर्नेगरी निर्णय गरिएको श्रीनगर बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बुढाले जानकारी दिएका छन ।।