इन्द्रेणी संवाददाता
प्युठान, १ साउन
गुल्मीमा एक जनाको हत्या गरी फरार भएका प्युठानका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्युठान अर्खा–९ अर्तुवाङका २२ वर्षका लेखनाथ गिरी र वर्ष २० को दिपक गिरी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
उनीहरुले शुक्रबार राति गुल्मीको बाँझकटेरी–१ का ५९ वर्षका छत्रबहादुर सेनको हत्या गरेको प्रहरीले जनाएको छ ।
राति बास बस्ने बहाना बनाई गएका लेखनाथ र दिपकले सेनको घरमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक रन्जितसिंह राठौरले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।।
