दाङ, १ साउन
आज साउने संक्रान्ति पर्व, दाङसहित देशभर मनाईदै छ । सौर्यमान् अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले यस दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ ।
असार महिनाभर हिलोमा पसेर खेतिपाति गर्दा थाकेका किसानहरुले आफन्तसँग रमाईलो गरी मिठा– मिठा परिकार बनाएर खाने गर्दछन् । लुतो, दाद, खटिराबाट मुक्ति पाउनका लागि वेलुकिपख तुलो फाल्ने चलन पनि छ ।
त्यस्तै महिलाहरु साउन महिनाभर हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । शिवलाई खुसि पार्न सोमबार ब्रत बस्ने र पुजाआजा गर्ने भएकाले साउनभर शिवालयहरुमा दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्दछ ।।