south-korea-008काठमाडौं– रोजगार अमुमति प्रणाली (इपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको न्युनतम तलब बृद्धि भएको छ । कोरियाको ज्याला निर्धारण समितिको १४ औं बैठकले कामदारको न्युनतम तलब बढाउने निर्णय गरेसँगै नेपाली कामदारको तलब पनि बढेको हो । कामदारको तलब ७.३ प्रतिशतले बढेअनुसार अब नेपाली कामदारको न्युनतम तलब १ लाख ३० हजार रुपैयाँ हुने भएको छ ।

रातोपाटी बाट