बाँके, १ साउन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसंग लिएको २ लाख ८० हजार घुससहित २ जनालाइ पक्राउ गरेको छ । आयोगले नेपाल कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगको विशेष टोलीले प्राविधिक अधिकृत यादवलाई २ लाख ५० हजार घुस रकमसहित बाँके खजुराबाटै पक्राउ गरेको हो । ghus-lidai-600

डिप बोरिङ र विद्युत् लाइन विस्तार कार्य सम्पन्न गरी बिल भुक्तानीका लागि निवेदन दिँदा यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पक्राउ गरिएको प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो । यसैगरी, नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जका नायबसुब्बा प्रेमकुमार भट्टराईलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
भट्टराईलाई आयोगको मध्यक्षेत्रीय कार्यालय हेटौंडाको टोलीले बाराको निजगढबाट आज विहान गाडीको सवारी दर्ता किताब उपलब्ध गराउनका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । पक्राउ परेकाहरुलाइ अनुसन्धान थालिएको छ ।।