इन्द्रेणी संवाददाता
दाङ, १ साउन
आजदेखि नयाँ आर्थिक बर्ष २०७३÷७४ सुरु भएको छ । हिजो आर्थिक बर्ष २०७२÷७३ सकिएपछि आजवाट नयाँ आर्थिक बर्ष सुरु भएको हो । आर्थिक वर्ष २०७२÷७३ सकिएसंगै दाङमा करोडौं रकम फ्रिज भएर गएको छ । समयमै काम सरु नगर्ने र विकासमा संवेदनशिल नवन्ने प्रवृत्तिका कारण दाङमा विकासे वजेट कम्तीमा ७१ करोड रुपैयाँ बजेट फ्रिज भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार विकास बजेटको ८५ प्रतिशत बजेट रकम खर्च भएको छ । कुल विकास बजेट ४ अर्ब ५३ करोड ७३ लाख ३ हजार ४ सय ६३ रुपैयाँ मध्ये ३ अर्ब ८५ करोड ९३ लाख २१ हजार ५ सय ६२ रुपैयाँ खर्च भएको कार्यालयका प्रमुख सुकदेबप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
जिल्लामा अधिकांश सडक तथा पुल पुलेसा निर्माणको बजेट खर्च हुन नसकी फ्रिज भएको हो । फुर्सदमा विकासतर्फ ध्यान नदिने, त्यसमा सरोकार राख्ने निकायहरु मौन वस्नु तथा आर्थिक वर्षको अन्त्यमा हतारोमा काम थाल्ने प्रवृत्तिका कारण वजेटको सही सदुपयोग हुुन सकिरहेको छैन भने विकासमा वाधा र जनतालाइ सास्ती भएको छ ।।
