इन्द्रेणी संवादाता
दाङ, १ साउन
सौभाग्य महिला तथा क्रृण सहकारी संस्थाद्धारा सञ्चालित जिल्ला स्तरिय सेवा केन्द्र निर्देशिका समितिको बैठक घोराहीमा सम्पन्न भएको छ । बैठकले हाल सम्म १ सय ३ वटा बिभिन्न प्रकारका हिंसामा मुद्धा आएको जानकारी दिएको छ ।
जसमध्ये घरेलु हिंसाका ६१, अल्पकालिन सुरक्षा आवासकालागि ४८, सामाजिक हिंसाका ९, आफन्तिको खोजिमा ४, आर्थिक हिंसाका ६, यौनजन्य हिंसाका ३ र सम्बन्ध बिच्छेदका २ वटा मुद्धाहरु दर्ता भएको केन्द्रले जनाएको छ । ति मुद्धाहरु मध्ये ६९ वटा केश जिल्ला स्तरिय सेवा केन्द्रले आफै सहजिकरण गरेकोे छ ।
बिभिन्न सरोकारहरुसंगको समन्वयमा १३ वटा मुद्धा अदालतमा, ३९ वटा जिल्ला प्रहरी कार्यालयमा, एउटा अम्बिकेश्वरी प्रहरी, लमहि सेवा केन्द्र र तुलसिपुर सेवा केन्द्रमा, ४ वटा मुद्धा ओसिएमसिमा र ३ वटा मुद्धा महिला तथा बालबालिका कार्यालयमा रिफर गरिएको केन्द्रले जनाएको छ ।
यस्तै बैठकले आर्थिक बर्ष २०७३÷०७४ का लागि नयाँ कार्ययोजना तय गरेको छ । हिंसाका मुद्धालाई अझै ब्यबस्थित गर्ने, बिभिन्न हिंसा सम्बन्धि दिबशहरु मनाउने, सरोकारवाला र सामुदायिक सेवा केन्द्रसंग समिक्षा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।
दाङमा २०६६ सालमा जिल्ला स्तरिय सेवा केन्द्र निर्देशिका समिति लागु भएको हो भने जिल्लामा १० वटा सामुदायिक सेवा केन्द्र स्थापना भएको छ । महिला तथा बालबालिका कार्यालय दाङको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।।