काठमाडौँ, साउन १ गते । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट सङ्क्रान्तिका रूपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट सङ्क्रान्तिकै दिनदेखि सुरु हुन्छ । साउन १ गते भएकाले आजको दिनलाई साउने सङ्क्रान्ति पनि भनिन्छ ।
आजका दिन कण्डारक नाम गरेको रात्रिचर ९राति हिँड्ने०को पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिनुभयो ।।