सल्यान, १ साउन
सल्यानमा स्थानीयबासीको सक्रियतामा प्रहरी चौकी भवन निमार्ण गरिएको छ । जिल्लाको घाँजरीपिपल र माझकाँडा गाविसको सिमाना बालुवा संग्रही बजारमा स्थानीयले चन्दा संकलन गरी प्रहरी भवन निर्माण गरेका हुन् ।
भाडाको घरमा बस्दा आर्थिकको अभाव तथा आवश्यक कोठाको अभाव भईरहेको समयमा गाउँले आफैंले चन्दा संकलन गरि भाडाको घरमा बसेका सुरक्षाकर्मीलाई भवन निमार्ण गरिदिएका हुन् । स्थानीय र दुई गाविसको सहयोग तथा चन्दा गरी ६ लाख लागतमा भवन निमार्ण कार्य सम्पन्न भएको स्थानीय प्रमोद खड्काले जानकारी दिनुभयो ।
स्थानीयको सक्रियतामा चन्दा संकलन गरी प्रहरी भवन निर्माण गरि दिएकोमा जिल्ला प्रहरी कार्यालय सल्यानले स्थानीयबासीलाई धन्यवाद ज्ञापन गरेको छ । प्रहरी र जनता बिचको शौर्हादपूर्ण वातावरण बन्दै गएको उदाहरण भवन निमार्णले देखाएको प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले वताउनुभयो ।।
