यातायात व्यवस्था कार्यालय राप्तीले मोटरसाइकल चालक अनुमति पत्रका लागि आजदेखी लिखित परिक्षा गर्ने तयारी गरेको छ । तुलसीपुरको गोर्खा वोडिङ स्कुलमा विहान ८ वजेदेखि अपरान्ह ३ वजे सम्मका लागि परिक्षाको समय निर्धारण गरिएको यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख अच्युत दाहालले जानकारी दिनु भयो ।

vehicle-lisenceआवेदन दर्ता प्रक्रियालाई इन्टरनेट सिस्टममा लगिएपछि विभागको वयभ साईड ढिला भएकाले आवेदन इन्टरनेटमा दर्तागर्दा केही ढिलाई हुन गएको प्रमुख दाहालले बताउनु भयो । मोटरसाईकल र स्कुटीको लिखित परिक्षा गर्न ढिला हुनुको मुख्य कारण आधुनिक प्रविधिको अनुसरण गर्न खोज्नुले भएको उहाले बताउनु भयो ।

लिखित परिक्षामा आवेदन दिएकाहरुलाई निर्धारित समयमा तोकिएको स्थानमा परिक्षा दिन कार्यालय प्रमुख दाहलले सवै सहभागिलाई आनुरोध गर्नु भएको छ । ०७२ माघ पछि हाल ०७३ वैशाखमा सवारी चालक अनुमति पत्रको आवेदन आह्वान गरिएको हो ।।