भक्तपुर १ साउन । शिक्षकलाई समयमै जानकारी गराउन नसक्दा एसएलसी लेटर ग्रेडिङ्का बारेमा अलमल भएको सरोकारवालाले बताएका छन् । एसएलसी नतिजा सार्वजनिक भएको एक महिना वितिसक्दा पनि अभिभावक र विद्यार्थीमा अलमल कायमै रहनु दुस्ख लाग्दो भएको भन्दै उनीहरुले शिक्षा मन्त्रालयको आलोचना समेत गरेका छन् ।
पाठ्यक्रम विकास केन्द्रले गरेको विद्यालय शिक्षामा अक्षराङ्कन पद्धती कार्यान्वयनको समिक्षा र आगामी दिशा विषयक कार्यशालामा सहभागिले शिक्षकलाई समयमै जानकारी गराउन सकेको भए धेरै अन्यौल उतिखेरै हटि सक्ने भन्दै अझै पनि त्यस तर्फ ध्यान दिनु पर्ने बताए । अधिकाँश शिक्षकले विद्यार्थीको समग्र सिकाइ भन्दा पनि उनीहरुले पाएकै अंकलाई ग्रेडमा रुपान्तरण गर्ने गरेको भन्दै खास अक्षरांकनको मर्म लागू हुन नसकेको कार्यक्रममा सहभागिहरुले बताए ।
