दाङ, ३१ असार
दाङमा दुर्लभ जंगली जनावर फेला परेको छ । पहिलोपटक रटेल नामको जनावर देउखुरीको जंगलमा फेला परेको वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जिवी खनालले जानकारी दिनुभयो । देउखुरीको बनमा भईरहेको क्यामरा जडानको क्रममा सतबरियाको कालीखोलामा रटेल पत्ता लागेको हो ।
स्वोचालित क्यामरा ट्रापमा उक्त स्तनधारी जनावर पहिलोपटक भेटिएको अनुसन्धानकर्मी खनालले वताउनुभयो । नेपालको संकटापन्न सुचीमा रहेको यो प्रजातीको संख्या एक सय भन्दा कम रहेको अनुमान गरिएको छ । जुन नेपालको पाटे बाघको सख्या भन्दा पनि थोरै हो ।
नेपालको तराई भ–ुभागमा पाईने यो प्रजाती संख्या घट्दै गएको अनुमान गरिएको छ । तराइका निकुञ्ज र बन्यजन्तु आरक्षमा भेटिने रटेल दाङमा पहिलो पटक भेटिएको हो । दाङ प्रकृतीक र जैबिक बिबिधताले भरीपुर्ण भएपनि जिल्लामा पाईने जंगली जनावरहरुको संरक्षण तर्फ कसैको ध्यान जान सकेको छैन ।।