काठमाडौं, १ साउन । अभ्यास खेलका लागि बेलायत गएको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको तेस्रो अभ्यास खेलमा नेपालले बेलायतको क्रिकेट क्लब कन्फ्रेन्सलाई चार विकेटले हराएको हो । कन्फ्रेन्स क्लबले प्रस्तुत गरेको दुई सय २७ रनको लक्ष्य नेपाली टोलीले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका कप्तान पारस खड्काले ६६ बलमा ६७, अनिल मण्डलले ६४ बलमा ४३, ज्ञानेन्द्र मल्लले ४३ बलमा ३६, शरद भेशवाकरले १९, राजु रिजालले नटआउट १७ तथा राजेश पुलामी मगरले नटआउ १६ रन बनाए । कन्फ्रेन्स क्लबका लुके च्याम्पम्यानले तीन विकेट लिए ।

Nepali-Cricket-Team (1)यसअघि पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्लबले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर २ सय २६ रन बनाएको हो । नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले २र२ तथा पारस खड्का र करण केसीले १र१ विकेट लिए । कन्फ्रेन्सका स्टिभ सिलउडले ६७ तथा सागर पटेलले ६५ रन बनाए । यसअघि बुधबार फ्रि फोरेस्टर क्लबसँग भएको ४० ओभरको खेलमा नेपाल १ सय २९ रनले विजयी भएको थियो । यस्तै बिहीबार भएको ट्वेन्टी–ट्वेन्टी खेलमा नेपालले इन्डियन जिमखानालाई २० रनले हराएको थियो । नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लवसँग ४ वटा खेल खेल्ने छ ।