दिपक बोहरा
तुलसीपुर ३१ असार । दाङका खोलाहरुमा भएका अबैद्य ढुङ्गा, बालुवा उत्खनन्ले गर्दा अहिले दाङका कतिपय स्थानका खेतहरुमा सिंचाई गर्न समस्या भएको छ । खोलाहरुमा अबैद्य रुपमा ढुङ्गा , गिट्टी , बालुवा उत्खन्नले खोला गहिरिदै गएको र कुलोमा प्रयाप्त पानी डो¥याउन नसक्दा खेती प्रभावित भएको किसानहरुले गुनासो गरेका छन् ।
दाङको ग्वार खोलामा लामो समय देखि हुँदै आएको उत्खनन्ले मलवारे सिंचाई आयोजनालाई निकै ठूलो प्रभाब पारेको किसानहरुले गुनासो गरेका छन् । मलवारे कुलोवाट १७ मौजामा सिंचाई हुने गर्छ । तर पछिल्लो समय उक्त कुलोमा पानी लैजान मुस्किल परेपछि किसानहरु आलोपालो गरि धान खेती लगाउन बाध्य पारिएका छन् ।
ग्वारखोलामा सालिन्दा आएको अबैद्य उत्खननले मलवारे कुलोमा खेतीका लागि आवश्यक पानी डो¥याउन मुस्किल हुँदै आएको छ । सिंचाईमा समस्या हुदा बर्षेनी खेती योग्य जमिन बाँझै राख्नुपर्ने बाध्यता आईलागेको मलवारे सिंचाई आयोजनाका सचिब शिवा नन्द डाँगीले राप्ती समाचारलाई बताए । उनले भने ‘ बिगत केही बर्ष पहिले खेती हुने जग्गाहरु अहिले बाँझै पल्टिएका छन् ।’ पहिले धान रोप्ने खेतमा अहिले आएर सिंचाई अभावमा दलहनवाली , अनार खेती गर्नुपर्ने अबस्था शिर्जना भएको डाँगीले जानकारी दिए ।
सम्बन्धित सरोकारवाला निकायले उत्खनन्लाई नियणत्रण गर्न नसक्ने हो भने केही बर्षपछि खेतवारीमा सिंचाई गर्न मुस्किल पर्ने उनले आँकलन गरे । उनले भने ‘ केही व्यक्तिको आम्दानीको लागि सिंगो बस्ति र सयौं किसानलाई मार्ने खेल रोक्न स्थानीय प्रशासन उदासिन देखियो ।’ उनले बिगतमा जस्तो प्रयाप्त सिंचाई सुबिधा हाल नरहेको र उत्खनन्को यो क्रम नरोकिए भबिष्यमा झनै बिकराल समस्या आउने चिन्ता जाहेर गरे ।
मलवारे सिंचाई आयोजनाले दाङको मानपुर गाबिस ३ गाउँ जहदागाउँ देखि भोजपुर सम्मको सिंचाई गर्नका लागि निर्माण गरिएको मलवारे कुलो सबैभन्दा ठूलो क्षेत्रमा सिंचाईका लागि पानी लैजाने कुलो हो । तर चर्कौ उत्खनन्ले ग्वारखोलाको सतह भासिदै जाँदा हाल आएर उक्त कुलोमा प्रयाप्त पानी डो¥याउन मुस्किल परेको किसानहरुले जानकारी दिएका हुन । पहिले पर्याप्त सिचांई हुने खेतहरुमा अहिले पालो लगाएर खेत रोपाई गरिरहेको सचिव डाँगीले बताए । अहिले ८ गाउँका किसानले दिउँसो र ८ गाउका किसानले साँझ पालो लगाएर रोपाई तथा सिंचाई गरिहेको मलवारे कुलो आयोजनाका सचिव डाँगीले बताए ।
मलवारे कुलोबाट झन्डै १७ मौजाको साढे १२ सय हेक्टर क्षेत्रफलमा सिंचाई हुँदै आएको छ । कुलोमा प्रयाप्त पानी नहुँदा हालसम्म ५ प्रतिसत मात्रै रोपाई भएको स्थानीय रेशम वलीले जानकारी दिए ।
मलवारे कुलोबाट १७ मौजामा सिंचाई हुने भएपनि अहिले सम्म ५ मौजमा मात्रै रोपाई भएको वलीले जानाकारी दिए । प्रयाप्त सिंचाई सुबिधा अभाबकै कारण यो बर्ष करिव २०० बिगाह जमिन बाँझै रहन सक्ने सम्भाबना देखिएको उनले बताए । उत्खनन्ले गर्दा अहिले ग्वार खोला मात्रै नभई जिल्लाका अन्य खोलाहरुबाट समेत किसानलाई खेत सम्म पानी लैजान चुनौती थपिदै गएको छ । दाङको ग्वार खोला , पातुखोला लगायत अन्य दर्जनौ खोलाहरुमा जिल्ला बिकास समितिले निर्धारण गरेको मापदण्ड विपरित सालिन्दा मनपरी उत्खनन् हुँदै आएको भएको छ ।
तर त्यसको निष्पक्ष ढंगले अनुगमन भने भएको देखिदैन । अनुमति नै नपाएको स्थानहरुबाट समेत अबैद्य ढुङ्गा , गिट्टी , बालुवा उत्खनन् हुने क्रम कायमै रहे किसानहरुलाई भविस्यमा खेतवारीमा सिंचाईका लागि पानी लैजान झनै समस्या थपिदै जाने जानकारहरु बताउँछन् ।
