सूर्यविनायक नगरपालिका–४ सल्लाघारीमा बस्दै आएकी २३ वर्षीया दीपा कार्कीको हत्या भएको छ । भक्तपुरको सल्लाघारीमा परिवारसँग बस्दै आएकी कार्कीको हत्या भएको भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
हत्या आशङ्कामा प्रहरीले आजै अपराह्न दीपाको श्रीमान् २५ वर्षीय विजय कार्कीलाई काठमाडौ विमानस्थलबाटै पक्राउ गरेको उनले बताए । आरोपी श्रीमान्उको कपडामा रगत लागेकाले हत्या श्रीमान्बाटै भएको हुनसक्ने प्रहरीको अनुमान छ । हत्या आशङ्कामा पक्राउ परेका मृतकको पति विजयलाई प्रहरीवृत्त जगातेमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
