दाङ, ३१ असार
दाङमा सवारी दुर्घटनामा परी २ जना गम्भिर घाइते भएका छन । घोराही नगरपालिका ९ बाहुनडाँडामा रा १ प ७६५४ नं को मोटरसाइकलले पैदल यात्रीलाइ ठक्कर दिदा २ जना घाइते भएका हुन ।
दुर्घटनामा पैदल यात्री सोही ठाँउका २२ वर्षिय दिपक चौधरी र मोटरसाइकल चालक सोही ठाँउका ४० वर्षिय जल्दी चौधरी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गम्भिर घाइते दुवैको घोराहीमा प्रारिम्भक उपचारपछि कोहलपुर रिफर गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।।
