रुकुम, ३१ असार
वर्षापछि आएको वाढीले खेत कटान गरेपछि रुकुम चौरजहारीका किसानहरु चिन्तित भएका छन । वुधवार राति वर्षासंगै आएको बाढीले चौरजहारी १० मा ११ जना कृषकहरुले लगाएको धान खेतीमा क्षति पु¥याएको हो । स्थानीय जहरेखोलामा आएको वाढीले झण्डै ६० मुरी उत्पादन हुने खेत कटान गरेको छ । khet

बाढीले स्थानीय मोहन वुढा, दण्ड कुमाल, भद्रे खत्री, मोहन केसी, अविर खत्री, चक्रवहादुर खत्री, केशर जैसीको धानवालीमा क्षति पु¥याएको हो । यसैगरी हरिलाल कामी, आइतेवहादुर खत्री, झुप वहादुर वुढा र बालकृष्ण जैसीको धानवाली कटान गरेको छ ।

गोडमेल गर्ने समयमा धानवाली वगाएपछि कृषकहरु भोकमरीको अवस्था आउने भन्दै चिन्तित भएका छन । उक्त क्षेत्रमा खोला नियन्त्रणका लागी प्रयाप्त मात्रामा तारजाली नहुँदा वर्षेनी बाढीका कारण कृषकरुको खेतवारी कटान हुने गरेको छ ।।