काठमाडौं, २० पुस ( धेरैजसो हिमाली जिल्लामा हिमपात भएको छ । दार्चुला, मुगु, हुम्ला, जिरीलगायतका ठाउँमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।

jumlaदार्चुलाको व्यास, अपी हिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भू(भागमा हिमपात भएको छ । यस्तै, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिजो बिहानदेखि नै हिमपात हुँदा घरबाहिर निस्कनसमेत कठिनाइ भएको छ ।

हिमपातका कारण चिसो बढेपछि बाहिर निस्कन र दैनिक कामकाज गर्न समेत नसकेको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा बीओपीका इन्चार्ज सुरज केसीले बतए ।

हिमपातका कारण दार्चुलाको सञ्चार सेवा समेत बन्द भएको छ । घाम नलाग्दा सौर्य उर्जाबाट सञ्चालित टावरमा ब्याट्री चार्ज हुन नपाउँदा टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ र केही स्थानमा वर्षा पनि हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।