सप्तरीको कन्चनरुप नगरपालिकाकी एक १४ वर्षीया किशोरीको अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी छिन् । कन्चनपुर बजारबाट सामान खरिद गरी नगरपालिकास्थित रुपनगर जाँदै गरेको समयमा गत मंगलबार राति किशोरी अपहरणमा परेकी थिईन् ।

balatkar-e1427549894119सोहि नगरपालिका–७ का बलदेब सरदार लगायतले पूर्व–पश्चिम राजमार्ग अन्तरगत कन्चनपुरस्थित चन्द्रनहर पुलबाट नजिकै किशोरीलाई जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कन्चनपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिएका छन् ।

प्रहरी निरिक्षक महताका अनुसार सरदारले करणी गरेपछि को९प ४४३७ नम्बरको मोटरसाईकलमा आएका पोर्ताहा गाविस–९ का अशोक साह र सियाराम सरदारले किशोरीलाई अपहरण गरी नगरपालिका–७ स्थित सिम्रहामा लगेर पुनः करणी गरेका हुन् ।

अर्को दिन मोटरसाइकलमा हालेर किशोरीलाई पुर्वतर्फ लगिरेहको बेला शंका लागि केरकार गर्दा घटनाको वास्तविक तथ्य वाहिर आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न तीनै जनालाई आज (विहिवार) म्याद थप गरी कारबाही र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

रातोपाटी बाट