दाङ तुलसीपुर ६ राजापुर निवासी वासुदेव शर्मा आचार्यको दम्पत्तीले मन्दिर निमार्णका लागि २० लाख वराबरको जग्गा दान गरेको छ । राधाकृष्ण मन्दिर निर्माणका लागिश्रीमद भागवत सेवा समिति तुलसीपुरलाई आचार्य दम्पत्तीले राजापुरमा रहेको उक्त मुल्य बराबरको जग्गा दान गरेको हो । वासुदेव शर्मा आचाय र उहाँकी श्रीमती गिता देवी आचार्यलेएक धुर श्रेष्ता र भोगचलन गर्दै आएको ऐलानी दुई कठ्ठा गरी बीस लाख बराबरको गग्गा दान गर्नुभएको हो ।

plottingआचार्य दम्पत्तीले राधाकृष्ण मन्दिर निर्माणका लागि हालको बजार मुल्य अनुसार २० लाख वरावरको जग्गा दान गरेको श्रीमद भागवत सेवा समिति दाङका अध्यक्ष खुमानन्द अधिकारीले जानकारी दिनुभएको छ । राजापुर क्षेत्रमा धार्मिक मठ मन्दिर नभएको हुँदा त्यहाँ राधाकृष्णको मन्दिर निर्माणका लागि आचार्य परिवारले जग्गा दान गरेको हो । समितिलाई आचार्य दम्पत्तिले दर्ता श्रेष्ता भएको एकधुर जग्गा दुई दिन अघि रजिष्टेसन पास गरिदिएका हुन् ।।