दाङ, असार ३० । जिल्ला वन क्षेत्र समन्वय समितिमा चालु आर्थिक बर्षमा दाङमा सरकारी तथा गैरसरकारी निकायबाट वन र वातावरणका क्षेत्रमा भएका कार्यक्रमहरुको समीक्षा गरिएको छ । जिल्ला वन क्षेत्र समन्वय समितिम दाङले आज आयोजना गरेको कार्यक्रममा जिल्लामा वन तथा वातावरणका क्षेत्रमा गत साउनदेखि असारसम्मको एक बर्षमा भएका गतिबिधिहरुको प्रस्तुती र समीक्षा गरिएको हो ।

van vadi1कार्यक्रममा सरोकारवालाहरुले वन तथा वातावरणका क्षेत्रमा काम गर्नेहरुबिच समन्वय गरी जिल्लाको वन सम्वन्धि दिर्घकालिन योजना बनाउनुपर्ने र सोही योजना अनुसार काम गर्नुपर्ने, बैज्ञानिक वन ब्यवस्थापनलाई वन समूहको योजनामा राखी त्यसलाई ब्यवस्थापन गर्नुपर्ने, वन क्षेत्रमा गरिने कार्यक्रममा दोहोरोपना आउन नहुने, कार्यक्रमहरुलाई लक्षीत वर्गसम्म पुग्ने खालका बनाईनुपर्ने, कार्यक्रम सञ्चालन गर्दा गाउस्तरको बलियो संस्थाका रुपमा रहेका सामुदायिक वन समूहहरुलाई आधारबिन्दु मानेर अघी बढ्नुपर्ने लगायतमा जोड दिएका थिए ।

वन क्षेत्रमा एक बर्षमा जिल्लामा भएका कार्यक्रमहरुको जिल्ला वन क्षेत्र समन्वय समितिले असार २१ गतेदेखि ३ दिनसम्म भएको अनुगमनको प्रतिवेदन पत्रकार सन्तोष सुवेदीले प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै, जिल्ला वन कार्यालयले गरेका कार्यक्रमको जिल्ला वन अधिकृत नवराज काफ्लेले, भूसंरक्षण कार्यालयले गरेका कामको महेन्द्रप्रसाद चौधरीले, सामुदायिक वन उपभोक्ता महासंघले गरेका कामको अध्यक्ष शोभाकर सापकोटाले, मावन कल्याण तथा वातावरण संरक्षण केन्द्रका भरत देवकोटाले, बहुसरोकारवाला वन कार्यक्रम रुपान्तरण नेपालले गरेका कार्यक्रमको कार्यक्रम संयोजक पुनिता चौधरी, माथिल्लो चुरे संरक्षण समितिका भरत गिरीले सहित एक दर्जन संस्थाले आफूहरुले गरेका गतिबिधिहरु प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्ष स्थानीय बिकास अधिकारी रमेश गौतमको सभापतित्व एंव प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण समितिका सदस्य सचिव जिल्ला वन अधिकृत नवराज काफ्लेले गर्नु भएको थियो ।।