घोराही, ३० असार । दाङ देउखुरी जिल्ला अदालतले वितेको एक बर्षमा झण्डै ८१ प्रतिशत मुद्धा फछ्र्यौट गरेको जनाएको छ । अदालतले विहिबार पत्रकार भेटघाटको आयोजना गरी एक बर्षमा ६० प्रतिशत मुद्धाको फछ्र्यौट हुनु पर्ने भएपनि ८० दशमलब ५१ प्रतिशत मुद्धा फछ्यौट गरि लक्ष्यलाई पार गरेको जानकारी दिएको हो ।

dang adalatआर्थिक बर्ष २०७२/७३ को आज सम्म २ हजार १ सय ५० मुद्धा दर्ता भएकोमा १ हजार ७ सय ३१ मुद्धा फछ्र्यौट गरिएको जिल्ला न्यायाधिस बलभद्र बास्तोलाले जानकारी दिनुभयो । अदालतले १ हजार ८ सय ५८ मुद्धा दर्ता हुने र त्यसको ६० प्रतिशत मुद्धा फछ्यौट गर्ने लक्ष्य राखेको न्यायाधिस बास्तोलाले बताउनुभयो ।

लक्ष्य अनुसार १ हजार १ सय १५ मुद्धा फछ्यौट गर्नुपर्ने थियो । उक्त लक्ष्य दुइ महिनाअघि नै पुरा भएको न्यायाधिस बास्तोलाले बताउनुभयो । यो वर्ष ४ सय १९ को हाराहारीमा मुद्धा जिम्मेवारी सर्ने देखिएको अदालतले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ६ सय १८ मुद्धा चालु आर्थिक वर्षमा जिम्मेवारी सरेको थियो ।

अदालतले कर्मचारी, कानुन व्यवसायी, प्रहरी, जिविस लगायतका सराकोरवालाहरुकै सामुहिक प्रयासले यो सफलता हाँसिल भएको बताएको छ । यसैवीच दाङ देउखुरी जिल्ला अदालतले दर्ता भएको १५ महिनाभित्रै मुद्धा फैसला गरेको बताएको छ । सर्वोच्च अदालतले १८ महिनाको सीमा तोकेको छ ।

दाङ देउखुरी जिल्ला अदालतमा १५ महिना भन्दा वढिका कुनै मुद्धा नभएको अदालतले दावी गरेको छ । यसैगरी अदालतले कुनै पनि मुद्धको फैसला १५ दिनभित्र उपलव्ध गराइएको बताएको छ । भने चोरी, ठगी, बलात्कार लगायतका मुद्धाका प्रतिवादी चुक्ता भएको खण्डमा एक महिनाभित्र र निरन्तर सुनुवाईको माध्यमबाट कतिपय मुद्धा ३ दिने ७ दिनभित्र फैसला गरिने जिल्ला न्यायाधिस बास्तोलाले बताउनुभयो ।