३० असार, काठमाडौं ।
काठमाडौंका दैनिक रुपमा सिक्री लुटपाटको घटना हुन थालेपछि सक्रिय भएको महानगरीय प्रहरी अपराध महाशाखाले लुटेराको गिरोह नै पक्राउ गरेको छ ।गत असार १३ गते गांगवुस्थित मित्र नगरमा हिडिरहेकी पार्वती खनालको सिक्री लुटेको आरोपमा अपराध महाशाखाको टोलीले दोलखाका अनिल तामाङलाई पक्राउ गरेको थियो । तामाङलाई पक्राउ गरे सिक्रि लुटेराको ग्याङनै प्रहरीको फन्दामा परेको छ ।sikri

तामाङ पक्राउ पर्नुअघि गत जेठ २ गते कमला देवी नामकी महिलाको सिक्री लुटेको आरोपमा अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकका राज भन्ने भोजबहादुर भुजेललाई पक्राउ गरेको थियो । भुजेल पक्राउ परेसँगै प्रहरीले उसको समुहमा रहेका अन्यलाई पनि निग्रानीमा राखेको थियो ।

२० हजार धरौटीमा रिहा भएपछि पनि भोजबहादुरलाई अपराध महाशाखाको टोलीले निगरानी गर्न छोडेको थिएन । त्यही क्रममा गत असार १३ गते अनिल तामाङ पक्राउ परे त्यस पछि भोजबहादुर पनि काठमाडौंमा सक्रिय कुख्यात सिक्री लुटेरा भएको खुलेको थियो ।

तामाङकै बयानमा अहिले भोजबहादुर पनि पक्राउ परेका छन् । तामाङ र भुजेलसँगै यहि समुहमा रहेर लुटिएको सिक्री खरिद गर्नेहरु पनि कारवाहीको दायरामा आएका छन । भोजबहादुर र अनिलले लुटेको सिक्री खरिद गरेको आरोपमा प्रहरीले काभे्रका सञ्जीव तामाङलाई पनि पक्राउ गरेको छ । उची बिचौलिया हुन् । उनले लुटेराहरुबाट लिएको सुन सुन पसलमा बेच्ने गरेका थिए ।

यस आरोपमा नुवाकोटका सुन चाँदी व्यापारी गोकर्ण दुलाल पनि पक्राउ परेका छन् । लुटपाटमा संग्लग्न रहेको आरोपमा काठमाडौं वौद्धका कृष्ण तामाङ, सिन्धुपाल्चोकका बेलबहादुर बरायलीलाई महाशाखाको टोलीले पक्राउ गरेको छ ।

१ बर्षमा १३ जनाको सिक्री लुटियो

काठमाडौंमा सिक्री लुटपाट गर्ने गरेको आरोपमा पक्राउ परेका ७ जनाको समुहले एक वर्षमा १३ जना भन्दा बढीको सिक्रि लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ७२ साल भदौ २८ गते सामाखुशी स्थित रानिवारीमा शर्मिला विकको २ तोलाको सुनको सिक्री, असोजमा वालुवाटारकी सैलजा पाण्डेको पनि २ तोलाको सिक्री लुटिएको थियो ।

त्यस्तै गत कार्तिकमा कपनमा सिता वजिमयको सांढे दुइ तोला, चैतमा दिलमायाँ परियारको १ तोला, गत वैशाख १ गते गोल्फुटारमा अनिता अचार्यको सांढे तिन तोला, वैशाख १५ गते लक्ष्मी श्रेष्ठको डेढ तोलाको सिक्री पनि यहि समुहले लुटेको प्रहरीले जनाएको छ ।।

स्रोत -अनलाइन खवर