इन्द्रेणी संवाददाता
दाङ, २६ कार्तिक । मंगलवार साँझ दाङको देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि पूर्व-पश्चिम राजमार्ग खुलेको छ । पीडितका परिवारलाई तत्काल क्रिया खर्च र क्षतिपुर्ति दिलाउने सहमति भएपछि अबरुद्ध राजमार्ग खुलेको हो ।

accdentपूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट राप्ती गाउँपालिका–५ का १६ वर्षका मनोज गाहामगर, २ लालमझियाका १८ वर्षका कसम पुनमगर र वडा नंं ८ पिपरीका १८ वर्षका दिनेश घर्तीमगरको ज्यान गएको थियो । तीन जना युवाको ज्यान गएपछि स्थानीय र उनीहरुका आफ्न्तले उचित क्षतिपुर्तिको माग, दोषिलाई कारवाही गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।