सङ्खुवासभा, २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अरुण तेस्रो आयोजना स्थलगत अवलोकन गरेका छन् । प्रधानमन्त्री ओली चीनसँगको सीमा क्षत्रको किमाथाङ्का नाका, नेपाल, भारत र चीन जोडिने सडक कोशी करिडोर र सीमा सुरक्षा पोष्ट (बीओपी) को अनुगमनपछि अरुण तेस्रोको आयोजना स्थलगत अवलोकन गरेका हुन् ।

Arun3२०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्रीले संयुक्तरुपमा अरुण तेस्रोको शिलान्यास गरेका थिए । भोटखोला गाउँपालिकाको च्याम्ताङमा हेलिकप्टर अवतरण गरेर कोशी करिडोरको अवलोकन गर्ने भनिए पनि हेलिकप्टर बस्न समस्या भएपछि प्रधानमन्त्री ओली हेलिकप्टरबाट नै अनुगमन गरेका थिए ।

विभिन्न आयोजना तथा सीमा नाकाको अनुगमनका लागि प्रधानमन्त्री ओलीसँगै श्रीमती राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका सभापति परशुराममेघी गुरुङ र सङ्खुवासभाका सङ्घीय सांसद राजेन्द्र गौतम, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायत सङ्खुवासभा पुगेका थिए ।