इन्द्रेणी संवाददाता
काठमाडौं, २६ कार्तिक । नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या २ लाख दुई हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो एक महिनामा संक्रमितको संख्या झण्र्डै दोब्बर भएको मन्त्रालयले जनाएको छ । असोज २३ गते नेपालमा संक्रमितको संख्या एक लाख नाघेको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ६२ हजार २४३ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल ३८ हजार ९१२ जना संक्रमित आइसोलेशनमा छन् ।
पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १७४ पुगेको छ ।











