इन्द्रेणी संवाददाता
दाङ, २६ कार्तिक । दाङमा प्रहरीले चितुवाको छाला र लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नंं ८ को वनगाउँबाट प्रहरीले मङ्गलवार राति उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

chhetचितुवाको छाला र अफिमको कारोबार भइराखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका १२ का २६ वर्षका मधु डाँगी र प्युठानको नौबहिनी गाउँपालिका ५ का २७ वर्षका धनसिंह टमटालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट तीन किलो सात सय ५० ग्राम (अफिम) र पुच्छरसहितको ६ फिट ११ इन्च लम्बाइको चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।