काठमाडौं, २५ कार्तिक । बंगलादेशले रसायनिक मल पैँचो नदिने भएपछि नेपाल सरकारले मल खरिद गर्ने भएको छ । सोमबार वसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय गरेको हो ।

malयसअघि सरकारले बंगलादेशबाट पैँचोमा मल ल्याउने तयारी गरेको थियो । तर, बंगलादेशले पैँचोमा मल दिन आनाकानी गरेपछि खरिद गरेर ल्याउने निर्णय गरेको हो ।

बंगलादेशसँग जीटुजी मोडलमा मल खरिद गरेर ल्याउन तयारी गरेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि कृषि सामग्री कम्पनी लिमिटेडले बंगलादेशसँग मूल्यका विषयमा छलफल गरी आयातको सम्झौता गर्ने छ ।  मन्त्रिपरिषद्ले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ ।