इन्द्रेणी संवाददाता
बाँके, २५ कार्तिक । दाङका एक जनासहित बाँकेमा चार जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल, शिक्षण अस्पताल र वस्र्टन अस्पतालमा उपचारका क्रममा उनीहरुको ज्यान गएको हो ।

coronabata mrityuबर्दिया ठाकुरद्धारा २ बाट उपचारका लागि ल्याइएका २९ वर्षिय पुरुषको सोमवार दिउँसो, बर्दिया बाँसगढी ८ का २९ वर्षिय पुरुषको सोमवार राति र दा दाङ घोराही १५ बाट ल्याइएका ६४ बर्षिय पुरुषको सोमवार र बर्दिया राजापुर नगरपालिका ८ का ३२ वर्षिय पुरुषको मंगलवार दिउँसो ज्यान गएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।

उनका अनुसार घोराही १५ दाङका पुरुष र बर्दिया राजापुरका एक पुरुषको भेरी अस्पतालमा, बर्दिया ठाकुरद्धाराका २९ वर्षिय पुरुषको नेपालगञ्ज मेडिकल कलेज र बाँसगढी ८ बर्दियाका ३५ वर्षिय पुरुषको वेस्टर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।